युवा सङ्घको महाधिवेशनको मिति तोकियो
काठमाडाैं | चैत १५, २०८१
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ महाधिवेशनको मिति तोकिएको छ ।
सङ्घको पदाधिकारी बैठकले आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष क्षितिज थेवेले जानकारी दिनुभयो ।
महाधिवेशनका लागि सङ्घका अध्यक्ष थेवेको संयोजकत्वमा ५५५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । महाधिवेशनले आगामी दुई वर्षका लागि १५१ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
एमालेको जनसङ्गठनको महाधिवेशन आगामी जेठ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिइसकेको छ । अहिलेसम्म प्रेस चौतारी नेपाल र राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको महाधिवेशन सम्पन्न भइसकेका छन् ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

